फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा वैदेशिक लगानी प्रतिवद्धतामा वृद्धि

(GMT+08:00) 2017-01-23 18:23:30

गत वर्ष स्वाट्टै घटेको वैदेशिक लगानी प्रतिबद्धता यस आर्थिक वर्ष बढ्न थालेको छ। चालु आर्थिक वर्षको पहिलो 6 महिनामा अघिल्लो वर्षको सोही अवधिमा भन्दा 17 प्रतिशतले वृद्धि भएको छ। योसँगै समग्र उद्योगको लगानी प्रतिबद्धता समेत बढेको छ। उद्योग विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस 19 सम्म वैदेशिक लगानीका 1 सय 78 परियोजनाले प्रतिबद्धता गरेका छन्। पोहोर उक्त अवधिमा 1 सय 52 वटा विदेशी परियोजनाको प्रतिबद्धता आएको थियो।

देशले भोगेको प्राकृतिक र मानवीय अवरोधका कारण गत आर्थिक वर्षमा वैदेशिक लगानी 84 प्रतिशतल घटेको थियो। यस आर्थिक वर्षमा भने लगानी प्रतिबद्धतामा विस्तारै सुधार हुन थालेको उद्योग विभागले जनाएको छ। तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो 6 महिनामा सबैभन्दा धेरै साना उद्योगमा धेरै लगानी आएको छ। उक्त अवधिमा 1 सय 60 वटा साना परियोजना स्थापना गर्ने प्रतिबद्धता आएको छ। त्यस्तै, मझौलास्तरका 13 र ठूला स्तरका 5 वटा उद्योग स्थापना गर्न प्रतिबद्धता आएको छ।

समग्र औद्योगिक लगानी प्रतिबद्धतामा पनि सुधार देखिएको छ। यस आर्थिक वर्षको पुससम्म 2 सय 71 उद्योग स्थापना गर्ने प्रतिबद्धता आएको विभागले जनाएको छ। तथ्यांक अनुसार 29 प्रतिशतले उद्योगमा लगानी प्रतिबद्धता बढेको छ। यस अवधिमा ठूला स्तरका 59, मझौला 43 र साना 1 सय 69 वटा उद्योग स्थापना रहेका छन्।

जानकारी तथा लेखहरु