फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्थिक वृद्धि तथा समावेशीमा नेपाल दक्षिण एशियामा अगाडि

(GMT+08:00) 2017-01-23 18:24:24

नेपालले पछिल्लो 5 वर्षमा समावेशी विकास सूचकांकमा प्रगतिमात्र नगरेर दक्षिण एसियाली राष्ट्रहरुमध्ये सबैभन्दा अगाडि उभिएको खुलासा भएको छ। वर्ल्ड इकोनोमिक फोरमद्वारा प्रकाशित समावेशी वृद्धि तथा विकास प्रतिवेदन – 2017 का अनुसार नेपाल 77 देशमध्ये समावेशी विकास सूचकमा 27औं स्थानमा छ। पछिल्ला 5 वर्षमा देखिने गरी समावेशी विकास गरेको नेपाल 4.24 अंक सहित 27औं स्थानमा रहेको नागरिकन्यूज डट कमले जनाएको छ।

प्रतिवेदनमा आर्थिक वृद्धि, समावेशिता तथा अन्तरपुस्ता लगानी गरी 3 विधामा कुनै पनि राष्ट्रको मूल्यांकन गरिन्छ। समग्र समावेशी विकास सूचकांकमा 27औं स्थानमा भए तापनि नेपाल आर्थिक वृद्धिमा 3.35 अंक सहित 26औं स्थानमा, समावेशितामा 3.25 अंक सहित 51औं स्थानमा तथा अन्तरपुस्ता लगानीमा 6.11 अंक सहित प्रथम स्थानमा रहेको छ। अन्तरपुस्ता लगानी भन्नाले वर्तमान पुस्ताले भावी पुस्तालाई कत्तिको आर्थिक दायित्व सिर्जना गर्दछ भन्ने बुझिन्छ।

यस्तै, उक्त 3 विधालाई पनि अझ 12 मुख्य सूचकमा विभाजन गरी राष्ट्रहरुको मूल्यांकन गरिने समावेशी विकास सूचकांकले आर्थिक वृद्धिमात्र हेर्दैन।पछिल्ला वर्षहरुमा नेपालले सामाजिक क्षेत्रमा भने प्रगति गरेको कारण पनि दक्षिण एसियामा नेपाल पहिलो रहेको छ। नेपालको प्रतिव्यक्ति आम्दानी धेरै कम भए तापनि समावेशिताको हिसाबमा भने दक्षिण एसियामा नेपाल पहिलो रहेको प्रतिवेदनले जनाएको छ। नेपालमा गरिबी घटेका भन्दै प्रतिवेदनले तर कामदारको उत्पादकत्व घटेका तथा भ्रष्टाचार बढेको तथा उद्यम गर्न प्रशासनिक झन्झटहरु रहेको जनाएको छ।

जानकारी तथा लेखहरु