फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतका धेरै ठाउँमा वायु मनिटर प्रबन्धको स्थापना गरिने

(GMT+08:00) 2017-01-23 18:25:32

जनवरी बाईस तारिख हिन्दुस्तान टाइम्सले जाएअनुसार, आगामी हिउँद ऋतु अगावै भारतको राजधानी नयाँ दिल्लीमा दश वटा वायु मनिटर स्टेशनको स्थापना गरी राजधानी क्षेत्रको वायु प्रदूषणको परिस्थिति निरीक्षण गरिने भएको छ।

नौ महिनाभित्र हरियाणा प्रदेशमा 34 वटा मनिटर स्टेशन, उत्तर प्रदेशमा 16 वटा मनिटर स्टेशन र राजस्थानमा 11वटा मनिटर स्टेशन स्थापना गर्ने योजना छ।

दुई करोड जनसंख्या रहेको भारतको राजधानी नयां दिल्ली हाल विश्वकै सवैभन्दा गम्भीर प्रदूषित शहरमध्येको एक हो। वायुमा विषाक्त धूलो, कुहिरो तुवांलो र कार तथा कारखानाबाट निस्किएको ग्याँस मिसिएको छ। यस वर्षको हिउँद ऋतु लागे यता नयाँ दिल्ली क्षेत्रको वायु प्रदूषणले निकै गम्भीर रुप लिइरहेको छ।

जानकारी तथा लेखहरु