फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी उच्च दक्ष व्यक्ति भित्र्याउन तिब्बतको हरियो झण्डा

(GMT+08:00) 2017-01-23 18:26:22

तिब्बत स्वायत्त प्रदेशको जनशक्ति र सामाजिक प्रत्याभूति व्यूरोले जनवरी बाईस तारिख जनाए अनुसार यस वर्षको अप्रिल एक तारिखदेखि तिब्बतले विदेशीहरुका लागि तिब्बत र चीनका अन्य सबै प्रान्तमा काम गर्ने व्यवस्थालाई सहज बनाउनेछ।

थाहा पाएअनुसार, नयाँ व्यवस्था नीति संचालन गरिएपछि 'वैदेशिक कार्यअनुमति प्रमाण पत्र'सबै विदेशीले चीनमा काम गर्ने वैध प्रमाण पत्र हुने भएको छ।

अहिले तिब्बतमा दीर्घकालीन रुपमा काम गरेका विदेशी दुई सय जना जति रहेका छन्। यसमा विदेशी विशेषज्ञहरुले मुख्य रुपमा शैक्षिक, वैज्ञनिक अध्ययन आदि विभागमा रहेर काम गरिरहेका छन्। त्यस्तै अरु केही विदेशीले प्रविधि र व्यवस्थापन क्षेत्रमा काम गरिरहेका छन्। तीमध्ये धेरैजसो नेपाल, भारत र दक्षिण कोरियाबाट आएका छन्।

जानकारी तथा लेखहरु