फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी तथा पार्टी बाहिरका व्यक्तिहरूसँगै बसन्त चाड सम्बन्धी गोष्ठीको आयोजना

(GMT+08:00) 2017-01-23 18:26:49

चिनियाँ परम्परागत कुखुरा वर्ष अर्थात् वसन्त चाड नजिकिंदैआएको परिप्रेक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले जनवरी बाईस तारिख पार्टी बाहिरका व्यक्तिहरूसँगै बसेर वसन्त चाड शुभकामना गोष्ठीको आयोजना गर्नुभएको छ। सबैलाई हार्दिक अभिवादन र बसन्त चाडको शुभेच्छा व्यक्त गर्नुका साथै राष्ट्राध्यक्ष सीले पार्टी बाहिरका व्यक्तिहरूले सक्कली कुरा बोल्नसक्ने र एकताबद्ध भएर अगाडि बढ्दैजाने आशा पनि प्रकट गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले बाईस तारिख दिउँसो जन बृहत् सभा भवनमा चीनका विभिन्न प्रजातान्त्रिक पार्टी समूह, अखिल चीन उद्योग-वाणिज्य संघका जिम्मेवार व्यक्ति र पार्टी बाहिरका व्यक्तिहरूसँगै मिलेर रमाइलोसाथ बसन्त चाडको स्वागत गर्नुभएको छ।

त्यस क्रममा थाइवान प्रजातान्त्रिक स्वशासित गठबन्धनका अध्यक्ष ली वन यीले विभिन्न प्रजातान्त्रिक पार्टी समूह, अखिल चीन उद्योग-वाणिज्य संघ र पार्टी बाहिरका व्यक्तिहरूको तर्फबाट सम्बोधन पनि गर्नुभएको थियो।

जानकारी तथा लेखहरु