फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका र रुस संयुक्त रुपमा आईएसमाथि प्रहार गर्नेबारे अमेरिकी राष्ट्रपति सकारात्मक

(GMT+08:00) 2017-01-24 16:46:09

ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसरले जनवरी तेइस तारिख जनाएअनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र रुसको संयुक्त सैन्य कार्वाहीमा उग्रवादी संगठन इस्लामिक स्टेटमाथि प्रहार गर्ने विषयमा सकारात्मक देखिनुभएको छ।

सन्2015को अक्टोबरमा अमेरिका र रुसले सिरियामा बेग्ला बेग्लै रुपमा उग्रवादी संगठनमाथि प्रहार गर्दा सैनिक द्वन्दबाट बचाउनका लागि एउटा सम्झौता पत्रमा हस्ताक्षर गरी आदानप्रदानको तरीका पनि स्थापना गरिसकिएको छ। तर अहिलेसम्म दुई मुलुकका सेनाले संयुक्त रुपमा उग्रवादी संगठनमाथि प्रहार गर्ने विषयमा केही हातेमाले गरिसकेको अवस्था छैन।

जानकारी तथा लेखहरु