फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाद्वारा ट्रान्स-प्यासिफिक पार्टनरसीप टीपीपीबाट हट्ने घोषणा

(GMT+08:00) 2017-01-24 16:46:42

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी तेईस तारिख एउटा राजनैतिक हस्ताक्षर गर्दै ट्रान्स-प्यासिफिक पार्टनरसीप अर्थात् अन्तर प्रशान्त साझेदारी सम्झौता टीपीपीबाट अलगिने औपचारिक रुपमा घोषणा गर्नुभएको छ।

ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसर सोहि दिन आयोजित नियमित पत्रकार सम्मेलनमा यस राजनैतिक आदेशमा हस्ताक्षर गरेपछि अमेरिकाको व्यापारिक नीति एउटा नयाँ युगमा प्रवेश गर्नुका साथै ट्रम्प सरकारले भविष्यमा अमेरिकाका छिमेकी मुलुक र अन्य मुलुकसँग दौत्य व्यापारिक मौका खोज्ने बताउनुभयो।

यसअघि राष्ट्रपति ट्रम्पले धेरै पटक टीपीपीले अमेरिकाको उत्पादन व्यवसायलाई खत्तम पार्ने भन्दै आलोचना गर्नुका साथै अमेरिकाले क्यानाडा र मेक्सिकोसंग उत्तर अमेरिकाको व्यापारिक सन्धिबारे पुनः वार्ता गर्ने धारणा व्यक्त गर्नुभएको थियो।

जानकारी तथा लेखहरु