फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनताको भावनामा आघात पुर्‍याउने उत्तेजक कारवाई नसहने चीनको भनाइ

(GMT+08:00) 2017-01-24 18:52:42

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले आज चौब्बीस तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा नानचिङ्ग आम नरसंहार ऐतिहासिक तथ्यगत र अन्तर्राष्ट्रिय समाजसामु छर्लङ्ग रहेको बताउँदै इतिहासलाई बंग्याउने र चिनियाँ जनताको भावनामा आघात पुर्‍याउने उत्तेजक कारवाई सहन नसक्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले हाल जापानी नागोया शहरका मेयरले नान चिङ्ग आम नरसंहारलाई अस्वीकार गरेको भनाइबारे चर्चा गर्दै उक्त धारणा व्यक्त गर्नुभएको हो।

प्राप्त जानकारी अनुसार हाल जापानका थोरैजसो उग्रवादी तत्वहरूले एपीए होटेलमा उग्रवादी किताब राख्नेजस्तो एक काण्ड प्रयोग गरी चीनलाई उत्तेजित पार्न खोजिरहेका छन्। चीनको राष्ट्रिय पर्यटन ब्युरोले अनेकन् कदम चालेर तत्कालैजापानी एपीए होटेलसँगको सहयोग बन्द गर्न विदेशमा रहेका चिनियाँ पर्यटन व्यवसाय र पर्यटन सम्बन्धी बिद्युत व्यापारीहरूसँग आग्रह गरेको छ।

जानकारी तथा लेखहरु