फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमाली जिल्ला जोड्ने बेनी-जोमसोम सडक स्तरोन्नति हुँदा चीनतर्फका नाका नजिकिँदै

(GMT+08:00) 2017-02-10 14:25:47

म्याग्दीको सदरमुकाम बेनीदेखि हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक कालोपत्रे र स्तरवृद्धि हुने भएको छ। भौतिक योजना तथा यातायात मन्त्रालयले बेनी–जोमसोम सडक स्तरवृद्धिका लागि तीन अर्ब पाँच करोड रुपैयाँ लागतको आायोजना सुरु गरेको हो।

78 किलोमिटर दुरीको सडकलाई फराकिलो बनाइ कालोपत्रे गर्नका ठेक्का प्रक्रिया सुरु गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो। यही आर्थिक वर्ष 207374 बाट चार खण्डमा विभाजन गरेर आयोजनाको काम हुने भएको कारोबार अनलाईनले जनाएको छ।

सुवेदीका अनुसार दस मिटर फराकिलो र दुई लेनको हुने सडकको सात मिटर चौडाईमा कालोपत्रे गरिने भएको छ । माघ दोस्रो हप्ता ठेक्का प्रक्रिया सुरु भएको आयोजनाको काम आगामी तीस महिनामा सक्ने लक्ष्य छ। आयोजना अन्तरगत विभिन्न ठाउँमा रहेका बेलीब्रिज विस्थापित गरी मोटरेबल पक्की पुल निर्माण गर्ने योजना छ। उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तर्गतको म्याग्दी–मुस्ताङ खण्डको काम गर्न सञ्चालित आयोजनाको कार्यालय जोमसोममा स्थापना भएको छ।

यसैगरी तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको एक सय 10 किलोमिटर दुरीको जोमसोम–कोरला सडक स्तरवृद्धिका लागि ठेक्का सम्झौता गरेका निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएका छन्।

जानकारी तथा लेखहरु