फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने नेपालमा हुने

(GMT+08:00) 2017-02-11 13:57:24

महिलाले उत्पादन गरेका वस्तुको बजार प्रवर्द्धन गर्न दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने भएको छ। महिला उद्यमी महासंघ नेपालले फागुन 3 गतेदेखि पाँचदिने मेला आयोजना गर्न लागेको शुक्रबार राजधानीमा पत्रकार भेटघाट गरी जानकारी गराएको हो। मेलामा स्वदेशीसहित विदेशी महिला उद्यमीका एक सयभन्दा बढी स्टल राखिने महासंघकी महासचिव शोभा ज्ञवालीले बताउनुभयो।

आयोजकका अनुसार मेलामा मुलुकका विभिन्न जिल्लासहित भारत, अफगानिस्तान, बंगलादेश, फिलिपिन्स, दक्षिण कोरियालगायत देशका महिला उद्यमीका उत्पादन राखिनेछ। मेलामा हस्तकला, पहिरन, कृषि उत्पादन, आइटी, शैक्षिक सामग्रीको बजार प्रवर्द्धन र प्रचारप्रसार हुनेछ। अर्गानिक उत्पादन, बिजुली बत्तीका सामान, खानेकुराका परिकार, गरगहना, सजावटका सामान मेलामा बिक्री गर्ने योजना छ।

मेलाबाट महिला उद्यमीको श्रम, सीप र लगानी पहिचान गर्न, महिला उद्यमी, व्यापारी, निर्यातकर्ता र विदेशी आयातकर्ताबीच व्यावसायिक सम्बन्ध विकास गर्न, न्यूनतम खर्चमा अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी हुन, व्यावसायिक सञ्जाल बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), आइएलको जापान, सिइसिआईलगायतका निकायको सहकार्यमा आयोजना हुने मेला करिब एक लाखले अवलोकन गर्ने र पाँच करोड रुपैयाँको व्यापार हुने आयोजकको अपेक्षा छ। मेलामा सार्कसहित युरोपेली मुलुकका करिब 50 आयातकर्ता आउने जनाइएको छ।

जानकारी तथा लेखहरु