फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दशकभित्रैमा युवाले रोजगारीका लागि विदेशिनु नपर्ने उद्योगमन्त्रीको भनाइ

(GMT+08:00) 2017-02-11 13:58:36

उद्योगमन्त्री नवीन्द्रराज जोशीले 10 बर्षपछि नेपाली युवा विदेशिनु नपर्ने बताउनुभएको छ। सरकारले युवालाई मध्यनजर राखेर औद्योगिक कार्यक्रम ल्याउने उहाँले जानकारी दिनुभयो। लमजुङमा सातौं सुन्दरबजार महोत्सवको उद्घाटनमा उहाँले लघु उद्योग दर्ताका लागि विशेष कार्यक्रम सञ्चालन गर्न लागेको र आफ्नै कार्यकालमा उद्यमीको संख्या उल्लेख्य बृद्धि हुने दावी गर्नुभयो।

उहाँले लघु उद्योग दर्ताका केही अप्ठ्यारा प्रावधान हटाएको जानकारी दिँदै उद्योग दर्ताको लागि सहज बनाएको र मन्त्रालयमा लघु उद्योग विभागको संरचना बनाएको बताउनुभयो। देशभर लघु उद्योग संचालनको लागि विभागले काम गर्ने भन्दै थप्नुभयोः 'अब विदेशिएका युवालाई स्वदेश फर्काउने योजना थालिनेछ। उद्योग संचालनमा आएपछि युवा विदेशिने छैनन्।'

ईकान्तिपुर अनलाईनका अनुसार, बन्द अवस्थामा रहेका उद्योगहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउँदै उहाँले नेपालकै पहिचान खुल्ने खालका उद्योग संचालन गर्ने र उत्पादित सामग्रीलाई अन्तराष्ट्रिय बजारमा पुर्‍याइने समेत बताउनुभयो। 'अब भारत र चीनबाट सामान आयात होइन, नेपालबाट निर्यात हुन्छ।

महोत्सव फागुन 8 गतेसम्म संचालन हुनेछ। 10 दिनसम्म सञ्चालन हुने महोत्सवमा औद्योगिक मेला, व्यापारीक प्रदर्शनी, कृषि तथा जडिबुटी प्रदर्शनी, पर्यटज प्याकेज लगायत राखिएका छन्। महोत्सवमा 1 सय 50 वटा स्टल राखिएका छन्। महोत्सव अवधिभर विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।

जानकारी तथा लेखहरु