फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-श्रीलंका बौद्ध धार्मिक आदानप्रदान गर्न सकिने श्रीलंकाली राजदूतको भनाइ

(GMT+08:00) 2017-02-11 13:59:22

नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु स्वर्णलता परेराले श्रीलंकामा बुद्ध धर्मको विकासका लागि बुद्ध शासन मन्त्रालयमार्फत काम भइरहेको जानकारी गराउनुभएको छ। धर्मकीर्ति विहारले काठमाडौँमा आयोजना गरेको अन्तक्रियामा राजदूत परेराले श्रीलङ्कामा इसा पूर्व 236 मा सम्राट अशोकका छोरा महेन्द्रले बुद्ध धर्मलाई प्रवेश गराए पनि विभिन्न समयमा आएको उतारचढाबले बुद्ध दर्शनको विकासमा अवरोध पुगेको बताउनुभयो।

उहाँले सन् 1948 देखि श्रीलङ्का बौद्ध राष्ट्र कायम भएको र बौद्ध शिक्षा तथा दर्शनको निरन्तर विकास भएको बताउँदै अहिले 74 प्रतिशत जनसङ्ख्याले बौद्ध धर्ममा आस्था राख्ने गरेको जनाउनुभयो। श्रीलङ्कामा हाल करिब 6 हजार बौद्ध विहार र सम्पदा तथा 15 हजारभन्दा बढी भिक्षु छन्।

राजदूत परेराले बौद्ध धर्ममा विशेषगरी थेरवाद, महायान र वज्रयान तीन सम्प्रदाय प्रचलनमा रहे पनि त्यहाँ थेरवादको मात्र अभ्यास हुने गरेको प्रस्ट पार्दै बुद्ध धर्मको विकासका लागि बुद्ध शासन मन्त्रालयले विहार र भिक्षुलाई आवश्यक सहयोग गरेको जानकारी दिनुभयो। उहाँले नेपाल बुद्धको जन्मस्थल भएकाले श्रीलंका र नेपालबीच धार्मिक आदानप्रदानको सम्भावना रहेको र त्यसलाई जनस्तरमा लैजानुपर्ने बताउनुभयो।

विहार प्रमुख अनगारिका धम्मावतीले बुद्ध जन्मेको देश नेपालमा बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको गोरखापत्र अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु