फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी आर्थिक विकास गर्ने अर्थमन्त्रीको भनाइ

(GMT+08:00) 2017-02-12 14:43:15

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ। 'आर्थिक वर्ष 2074÷075 को बजेट नीति तथा कार्यक्रम' विषयक अन्तक्र्रियामा मन्त्री महराले भन्नुभयो, 'राष्ट्रिय उत्पादनमा आधारित अर्थतन्त्रको विकास गर्नु अहिलेको आवश्यकता हो।'

अर्थमन्त्री महराले स्वस्थ प्रतिस्पर्धामा आधारित पुँजीवादको विकास नभए समाजवादमा जान सकिदैन भन्दै देशको समग्र अर्थनीतिको सवालमा अहिले देश निकै सङ्क्रमणकालीन अवस्थामा रहेको हुँदा मुलुकलाई स्वस्थ्य पुँजीवादी अर्थतन्त्रमा लैजाने कोसिस गरिएको बताउनुभयो।

कर र भन्सारका क्षेत्रमा सुधार गर्न लागिएको उल्लेख गदै उहाँले थप्नुभयो, 'देश सङ्घीय संरचनामा गैसकेको अवस्थामा सङ्घीय वित्तीय व्यवस्था कस्तो हुने भन्नेबारेमा टोली गठन गरेर मन्त्रालयले कामअघि बढाएको छ।'

अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले विकासका दृष्टिमा अरु क्षेत्र भन्दापछि परेका 7 नंम्बर प्रदेशको समग्र विकासका लागि मन्त्रालयले विशेष ध्यान दिएको बताउनुभयो।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोपाल हमालले देशमा सबैभन्दा बढी गरिबी रहेको सुदूरपश्चिमको विकासका लागि सरकारले ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो। त्यस्तै अन्य वक्ताहरुले सुदूरपश्चिमको समग्र विकासका लागि उद्योग व्यवसायमा दश वर्षसम्म 'कर फ्रि' गर्न सुझाव दिए।

जानकारी तथा लेखहरु