फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चितवनमा भएको खाना महोत्सवमा प्रेमपत्र लेखन प्रतियोगिता

(GMT+08:00) 2017-02-12 14:45:10

चितवनको सौराहामा 11औं 'सौराहा फुड फेस्टिबल-2073' सुरु भएको छ।पर्यटन प्रर्वद्धन गर्दै समग्र चितवनको विकास गर्ने उद्देश्यसहित शनिबारदेखि सुरु भएको फेस्टिबलमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता गरिने छ। फेष्टिबलमा रेष्टुरेण्ट कर्मचारीबीच वेटर रेस, प्रेमपत्र लेखन, रतौली गीत, भजन चुड्का र बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता समावेश गरिएको छ। पाँच दिनसम्म चल्ने फेस्टिबलमा करिब 50 लाख रुपैयाँको कारोबार हुने लक्ष्य लिइएको फेस्टिबलका आर्थिक संयोजक गोकर्ण गिरीले बताउनुभयो।

फेष्टिवलको अवसरमा व्यवसायीहरुले खाना तथा आवासमा 15 प्रतिशत र सामान खरिदमा 30 प्रतिशत छुट दिइनेछ। त्यस्तै हात्ती सफारीमा पनि छुट दिईएको फेष्टिवलका संयोजक नरेश गिरीले जानकारी दिनुभयो। प्रेमीप्रेमिकालाई दिइने उपहार खरिदमा 30 प्रतिशत छुट दिइएको हो।

प्रेम दिवस मनाउन सौराहा आउने युवायुवतीलाई केन्द्रित गरी रेवानले प्रेम दिवसको अवसर पारेर सौराहा फुड फेष्टिबलको आयोजना गर्दै आएको छ। फेष्टिबलमा 60 भन्दा बढी खानाका स्टल राखिएको छ। अनलाईन खबरका अनुसार क्षेत्रीय रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान)ले आयोजना गरेको फेष्टिवलको शनिबार संस्कृति तथा पर्यटन राज्यमन्त्री इन्द्र बानियाँले उद्घाटन गर्दै देशको आर्थिक मेरुदण्ड भनेकै पर्यटन भएकोले देशमा स्थायित्व आएसगैँ पर्यटन क्षेत्रको विकास द्रुत गतिमा अघि बढ्ने बताउनुभयो।

जानकारी तथा लेखहरु