फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल भारत ऊर्जा सचिवस्तरीय वैठकमा विद्युत प्रसारण लाइनबारे कुरा हुने

(GMT+08:00) 2017-02-12 14:46:02

नेपाल र भारतका ऊर्जा सचिवको संयुक्त बैठकमा प्रसारण लाइनको निर्माण तथा सञ्चालन नै प्रमुख एजेण्डाका रुपमा पेस हुने भएको छ। दुई देशबीच भएको विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि गठित संयुक्त सञ्चालन समिति र कार्य समूहको बैठकमा हाल सञ्चालनमा आएको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनलाई 220 केभी वा 400 केभीमा चार्ज गर्ने बारेमा छलफल हुने जनाइएको छ।

यस्तै हालै सम्पन्न भएको कुशाहा–कटैया र रक्सौल परवानीपुर प्रसारण लाइनबाट थप विद्युत् आयात गर्ने बारेमा समेत छलफल गर्ने कार्यसूची तयार भएको छ। कुशाहा कटैया र रक्सौल परवानीपुर प्रसारण लाइनको क्षमता 132 केभी रहेको छ। यस्तै लामो समयदेखि चर्चामा रहेको न्यू बुटबल–गोरखपुर प्रसारण लाइन निर्माणको बारेमा समेत छलफल गरिने ऊर्जा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।

प्रवक्ता घिमिरेकाअनुसार सञ्चालनमा रहेका अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि तथा नयाँ प्रसारण लाइन निर्माणका विषयमा नै बैठक केन्द्रित हुने छ। बैठक आगामी फागुनको पहिलो साता काठमाडौँमा आयोजना गरिएको छ।

गोरखापत्र अनलाईनका अनुसार दुई वर्षअघि भएको विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि गठित सचिव नेतृत्वको समिति र सहसचिव नेतृत्वको समितिको चौथो बैठक काठमाडौँमा आयोजना गरिएको हो।

जानकारी तथा लेखहरु