फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको शिक्षा मन्त्रालयका कर्मचारीहरुका लागि चिनियाँ भाषाको कक्षा

(GMT+08:00) 2017-02-13 16:29:00

 

 

काठमाडौं विश्व विद्यालयस्थित कन्फ्युसियस इन्स्टिच्युटले शिक्षा मन्त्रालयका कर्मचारीहरुका लागि चिनियाँ भाषा कक्षा सञ्चालन गरेको छ। काठमाडौं बालकुमारीस्थित कन्फ्युसियस इन्स्टिच्युटमा हिजो आइतवार विहान एक समारोहबीच कक्षाको सुभारम्भ गरिएको हो। सुभारम्भ समारोहलार्इ सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत यू होङ्गले चिनियाँ भाषा विश्वका पुराना भाषाहरु मध्ये एक रहेको भन्दै चीन र चीनको समृद्ध संस्कृति बुझ्न भाषा अध्ययनले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। नेपाल र चीनबीचको सम्बन्ध अत्यन्त प्राचिन रहेको बताउदै राजदूत यू होङ्गले कन्फ्युसियस इन्स्टिच्युटको स्थापना पश्चात हाल सम्म 25 हजार नेपाली विद्यार्थीहरुले चिनियाँ भाषाको अध्ययन गरेको जानकारी दिनुभयो। हाल चीनका विभिन्न विश्व विद्यालयहरुमा लगभग 3 हजार नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिँदै राजदूत यू होङ्गले विश्वका 1 सय देशका 3 हजार विश्व विद्यालयहरुमा चिनियाँ भाषाको अध्यापन भैरहेको समेत बताउनुभयो। राजदूत यू होङ्गले भाषा अध्ययनरत पक्ष र अध्यापनरत पक्ष दुवैलार्इ शुभकामना पनि दिनुभयो।

1 2 3
जानकारी तथा लेखहरु