फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका सन्दीप लामिछाने विश्व-उत्कृष्ट क्रिकेटरको सूचीमा

(GMT+08:00) 2017-02-13 16:30:32
नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने विश्वका उत्कृष्ट क्रिकेटरको सूचीमा पर्न सफल भएका छन्। विश्वका उत्कृष्ट 30 युवा क्रिकेटरको सूचीमा 16 बर्षीय सन्दीप परेका हुन्। क्रिकेटसम्बन्धी अनलाइन 'अल आउट क्रिकेट'ले सन्दीपलाई विश्वका 30 उत्कृष्ट क्रिकेटरको 30 नम्बर सूचीमा राखेको नेपाल खबर अनलाइनले लेखेको छ।

विश्वका क्रिकेट सम्बन्धी लेखकको मतका आधारमा उक्त अनलाइनले उत्कृष्ट क्रिकेटरको सूची सार्वजनिक गरेको हो। प्रसिद्ध बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले तयार पारेको विश्वभरका उत्कृष्ट युवा खेलाडीहरुको सूचीमा नेपालका सन्दीप पनि परेका हुन्। अलआउटले उनको विवरण आफ्नो वेवसाइटमा राख्दै सन्दीप आगामी यारिस शाह भएकोसमेत उल्लेख गरेको छ।

लेग स्पिन बलिङ गर्ने सन्दीपसँग धेरै ट्रिक्स भएको पनि साइटमा उल्लेख छ। उसले विश्व क्रिकेटमा आफ्नो नाम चिनाइसकेका र प्रभाव पार्न सक्ने 22 वर्ष भन्दा कम उमेरका खेलाडीहरुको सूची तयार पारेको हो।

अष्ट्रेलियन लेजेण्ड स्पिनर शेन वार्नलाई आफ्नो आदर्श मान्ने सन्दीपलाई अर्का अष्ट्रेलियन खेलाडी माइकल क्लार्कलाई प्रभावित गर्न सफल भए। अनी उनै वान डे वर्ल्ड कप विनिङ कप्तानको निमन्त्रणमा अष्ट्रेलियाको प्रिमियर ग्रेड क्रिकेट क्लब वेस्टर्न सबर्बबाट खेले, क्लार्क एकेडेमीमा प्रशिक्षण लिए। 'सन्दीपसँग प्रतिभा छ, यसमा कुनै शंका छैन' क्लार्कको भनाइ उल्लेख गर्दै अलआउट क्रिकेटले लेखेको छ।

सन्दीपले गत वर्ष बंगलादेशमा भएको यु 19 वर्ल्डकपमा आयरल्याण्ड विरुद्ध ह्याट्रिक विकेट लिए भने प्रतियोगिताभर 14 विकेट लिदैँ सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहन सफल भएका थिए।

जानकारी तथा लेखहरु