फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एकीकृत मुसहर बस्ती बनाउन धुर्मुस सुन्तलीलाई अढाई करोड अपुग

(GMT+08:00) 2017-02-14 16:25:09

बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड रकम अभाव भएको छ। सोमबार पत्रकारहरूसँग कुरा गर्दै धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले रकम अपुग भएको बताउनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

पचास घर परिवार मुसहरको लागि गत पुस 25 गते बस्ती निर्माण भइरहको छ र, अहिलेसम्म 36 प्रतिशत काम सकिएको छ। आगामी वैशाख 1 गते बस्ती हस्तान्तरण गर्ने लक्ष्य रहेको धुर्मुसले बताउनुभयो।

बस्ती निर्माणका लागि अहिलेसम्म दुई करोड संकलन भएको छ। अढाई करोड रकम अपुग भएको भन्दै उहाँले सहयोगका लागि अपिल गर्नुभयो। जसरी भएपनि फाउन्डेसनले तोकिएको समयमै आधुनिक भौतिक संरचना, उद्यान, सामुदायिक पाठशालासहितको एकीकृत नमुना मुसहर बस्ती निर्माण र हस्तान्तरण गर्ने प्रतिबद्धता फाउन्डेसनले जनाएको छ।

जानकारी तथा लेखहरु