फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय फिल्ड अफिस नहटाएकामा नेपाली नेताको आपत्ति

(GMT+08:00) 2017-02-15 13:38:55

वर्तमान मुख्य सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ हाल भारत भ्रमणमा हुनुहुन्छ। पार्टीको आन्तरिक कामबाहेक उहाँ भारतका विभिन्न राजनीतिक दल तथा बुद्धिजीवीहरूसँगको भेटघाटमा व्यस्त रहनु भएको छ।

नेपालको राजनीतिक मामिलामा भारतले गर्ने हस्तक्षेपको कडा विरोध गर्दै आउनु भएका श्रेष्ठको भारतीय पक्षसँगको अन्तरक्रियालाई निकै चासोका साथ हेरिएको छ। उहाँले लामो समयदेखि एउटा विषय उठाउँदै आउनु भएको छ, जसलाई भारतीय पक्षले रुचाएको छैन। त्यो हो– विराटनगरमा कोसी बाढीको समयमा भारतले स्थापना गरेको फिल्ड अफिस नहटाएकामा आपत्ति। उहाँ परराष्ट्र तथा उपप्रधानमन्त्री भएकै समयमा उहाँले यो विषय जोडदारसाथ उठाउनु भएको थियो। पछिल्लो समयमा गत सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समयमा पनि यो विषयलाई उठाउन उहाँले सुझाव दिनु भएको थियो।

भारतका राजनीतिक दलका नेताहरूसँगको भेटमा आफूले उठाएका विषयमा उहाँ भन्नुहुन्, 'मैले सार्वजनिक रूपमा जेजे कुरा भन्दै आएको छु, त्यसलाई मैले स्पष्ट रूपमा भारतीय नेताहरूसँग राखेको छु।' शनिबार नयाँदिल्लीमा आयोजित एक अन्तरक्रियामा श्रेष्ठले भारतको हस्तक्षेप तथा नाकाबन्दीका बारेमा स्पष्ट रूपमा बोल्नु भएको थियो।

जानकारी तथा लेखहरु