फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा हुने लगानी सम्मेलनबारे कूटनीतिक नियोगका प्रतिनिधिसँग छलफल

(GMT+08:00) 2017-02-16 14:35:57

सरकारले फागुन 19 र 20 मा गर्न लागेको लगानी सम्मेलनबारे उद्योग मन्त्रालयले कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग छलफल गर्दै सहभागी हुन आहवान गरेको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले छलफल गर्दै नेपालका सबै राजनीतिक दलहरूको ध्यान हाल मुलुकको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ केन्द्रित रहेको बताउँदै सहभागी हुन आहवान गर्नुभएको हो।

'नेपालमा अबको समय औद्योगिक क्रान्तिको भएकाले पूर्वाधार विकासका साथै उत्पादनमूलक उद्योगमा लगानी गरी फाइदा लिन स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई आग्रह गर्दछु,' उहाँले भन्नुभयो, 'उद्योग मन्त्रालयले औद्योगिक वातावरण निर्माणका लागि आवश्यक कानुनहरूको समसामयिक सुधारतर्फ लागेको छ।

विदेशी लगानी तथा प्रविधि हस्तातरणसम्बन्धी कानुन मन्त्रालयबाट निर्माण भई सरोकारवाला मन्त्रालयबीच अन्तिम छलफलमा रहेको छ। आगामी लगानी सम्मेलनअगावै मन्त्रिपरिषदबाट स्वीकृत गरेर संसदमा पेस गरिनेछ।'

प्रस्तावित कानुनले नेपाली लगानीकर्तासरह विदेशी लगानीकर्तालाई पनि छुट सुविधाहरूको व्यवस्था गर्ने उहाँले बताउनुभयो। छलफल विदेशी कूटनीतिक नियोगका प्रतिनिधिले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको पछिल्लो अवस्थाका बारेमा चासो व्यक्त गरेका थिए। नेपालस्थित फ्रान्स, अमेरिका, बेलायत, जापान र जर्मनीका कूटनीतिक नियोगका प्रतिनिधिले लगानी वातावरणबारे चासो राखेका ईकान्तिपुर अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु