फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा हस्तकलाप्रति धेरै आकर्षण

(GMT+08:00) 2017-02-16 14:36:42

दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा अवलोकनकर्ताहरु घरेलु हस्तकलाका सामग्रीमा आकर्षित भएका छन्। नेपाल उद्यमी महिला महासंघकले आर्मि अफिर्सस् क्लवमा आयोजना गरेकोमा मेलामा कर्णालीको जाजरकोट हुँदै पुर्वाञ्चलको ताप्लेजुङ सम्मको महिला उद्यमीको हस्तकला अन्तराष्ट्रिय मेलामा आकर्षणको केन्द्रविन्दु बनेको छ। महासंघको मातहतमा विभिन्न जिल्लामा स्थापना भएको 32 वटा जिल्ला शाखाहरुमा हस्तकला सम्बन्धी तालिम दिएपछि स्थानीय तहका महिलाहरु उद्यमीशिलता तर्फ अग्रसर भएको महासंघले जनाएको छ।

कर्णालीको कालिकोट जिल्लाबाट मेलामा महिला उद्यमीले तयार पारेको डालो, नाङलो जस्ता सामाग्री मेलाको आकर्षक 'ह्यान्डिक्राफ्ट' बनेको छ। प्युठानका 'कोही हिमाल अल्लो कपडा उद्योग'का अध्यक्ष चित्रकली बुढामगरले पनि सिस्नोको रेसाबाट बनेको विभिन्न प्रकारका सामग्री मेलामा राख्नुभएको छ।

दोस्रो अन्तराष्ट्रिय महिला उद्यमी मेलामा भारत, चीन, पाकिस्तान, अफ्गानस्तान, भुटान, फिलिपिन्सबाट महिला उद्यमीले आफ्नो सिपको प्रवर्द्धन गर्न स्टल बुक गरेर सिपको प्रर्दशन गरिरहेका छन्। नागरिकन्यूज डट कमका अनुसार फागुन 7 गतेसम्म चल्ने मेलामा स्वदेशी सहित विदेशी महिला उद्यमीका एकसयभन्दा बढी स्टल छन्। मेलामा, हस्तकला, पहिरन, कृषि उत्पादन, आइटी, शैक्षिक सामग्रीको राखिएका छन्। यस्तै, अर्ग्यानिक उत्पादन, बिजुली बत्तीका सामन, खानाको परिकार परिकार, सजावटका सामन,पस्मिना समेत राखेका छन्।

जानकारी तथा लेखहरु