फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ स्मार्टफोन अव नेपाली बजारमा

(GMT+08:00) 2017-02-16 14:37:23

नेपाली स्मार्टफोन बजारमा नयाँ ब्रान्ड थपिएको छ। लक्ष्मी समूहको भगिनी कम्पनी जयमाँ इन्टरकन्टिनेन्टलले चिनियाँ स्मार्टफोन कुलप्याड नेपाली बजारमा भित्र्याएको हो। जयमाँले सोमबारराजधानीमा भव्य समारोह आयोजना गरी नयाँ स्मार्टफोन ब्रान्ड कुलप्याड सार्वजनिक गर्‍यो। कम्पनीले कुलप्याडको 'कुलवान' मोडल सार्वजनिक गरी नेपाल भित्रिएको घोषणा गरेको हो। कुलप्याडका ग्लोबल सीईओ जेम्स डु र जयमाँ इन्टर कन्टिनेन्टलका अध्यक्ष गणेशबहादुर श्रेष्ठ लगायतले एकसाथ कुलप्याड मोबाइल सार्वजनिक गरेका हुन्।

कुलप्याड विश्व स्मार्टफोन र ग्लोबल वायरलेस कम्युनिकेसनको बजारमा आर एन्ड डी र म्यानुफ्याक्चरिङमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल कम्पनी हो। यो कम्पनी सन् 1993 मा चीनमा स्थापना भएको कम्पनी हो।

कम्पनीले विशेषगरी विज्ञान र प्रविधिको प्रयोगले ग्राहकलाई सहजता पुर्‍याउने पहिलो उद्देश्य राखेको जनाएको छ। यसैको प्रतिफल स्वरुप कम्पनीले नेपालमै पहिलोपटक 13 मेगा पिक्सेलको डुअल रेयर क्यामेरासहितको कुलवान स्मार्टफोन सार्वजनिक गरेको हो।

13+13 मेगा पिक्सलको डुअल रेयर क्यामेरा भएको यो स्मार्टफोन फोटोको पारखीका लागि निकै प्रभावकारी सावित हुने कम्पनीले विश्वास लिएको छ। कम्पनीका अनुसार डुअल क्यमेरा, क्यामरामा प्रयोग गरिएको अपार्चरसहित एलडीडी फ्ल्यास यसको मुख्य विशेषता हो। समा 8 मेगामिक्सेल फ्रन्ट क्यामेरा रहेको छ। कुलवानमा प्रयोग भएको क्यामेराले फोटो खिच्दा आफै डेप्थ डिटेल र ब्राइटनेसलाई म्यानेज गर्छ।

जानकारी तथा लेखहरु