फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रजातन्त्रलाई जीवनपद्धति बनाउन नेपालकी राष्ट्रपतिको आव्हान

(GMT+08:00) 2017-02-18 14:42:59

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्रलाई जीवनपद्धति बनाएर अगाडि बढ्ने प्रेरणा आमनेपालीमा हुनुपर्ने बताउनु भएको छ। उहाँले भन्नुभयो, 'प्रजातन्त्रलाई जीवनपद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा प्राप्त होस्।'

आज प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले आजको दिनमा हामी सबैलाई प्रजातन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना पनि गर्नु भएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

सन्देशमा उहाँले भन्नुभएको छ, 'इतिहासको लामो कालखण्डको विविध आरोह-अवरोहको उचित मूल्यांकन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु हाम्रो साझा जिम्मेवारी र दायित्व हो। संविधानले व्यवस्था गरेअनुसार निर्वाचनमार्फत नागरिक अधिकारको सम्मान गर्नु आजको आवश्यकता हो।' 2007 साल फागुन 7 गतेको दिन निरंकुश जहानियाँ राणाशासन अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवसका रूपमा मनाउने गरेको अभिव्यक्ति उहाँले दिनुभएको छ।

'2007 सालमा प्राप्त प्रजातन्त्रमाथि पटक-पटक अतिक्रमण भइरहेको सन्दर्भमा प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा 046 र 062/63 सालमा सफल जनआन्दोलन भए। ती सबै जनआन्दोलनका प्रतिविम्बित जनइच्छाअनुसार नै आज हामी गर्वका साथ संघीय लोकतान्त्रिक संविधानसहितको गणतन्त्रात्मक शासन पद्धति अपनाइरहेका छौं,' सन्देशमा राष्ट्रपतिले उल्लेख गर्नुभएको छ।

जानकारी तथा लेखहरु