फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल भित्रिने सामानमाथि भारतले लगाएको 4.5 सेवा शुल्क हट्यो

(GMT+08:00) 2017-02-18 14:46:08

भारतले कलकत्ता बन्दरगाह हुँदै तेस्रो मुलुकबाट नेपाल आउने सामान एवं वस्तुमा लगाएको 4.5 सेवा शुल्कलाई हटाएको छ। नेपालले सो सेवा शुल्क दुई देशको व्यापार तथा वाणिज्य सन्धिको विपरीत भएको भन्दै सकेसम्म छिटो हटाउन भारत सरकारलाई लिखित आग्रह गरेको थियो। यस अगाडि भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले सो कर हटाउनको लागि भारतीय अधिकारीहरुलाई निरन्तर रुपमा आग्रह गरिरहेका कान्तिपुर अनलाइनले लेखेको छ।

कलकत्तास्थित महावाणिज्यदूत एकनारायण अर्यालले नेपाल आउने सामान एवं वस्तुमा लगाएको 4.5 सेवा शुल्क हटेको जानकारी आफूलाई प्राप्त भएको जानकारी दिनु भएको छ। यस अगाडि भारतको अर्थ तथा वाणिज्य मन्त्रालयले एक नोटिफिकेसनमार्फत सो सेवा शुल्क लगाउने घोषणा गरी कार्यान्वयन गरेको थियो। सो कार्यको नेपाली व्यवसायीहरुले विरोध समेत गरेका थिए। यदि सो करलाई निरन्तरता दिईमा सो बन्दरगाह हुँदै नेपाल आउने सामान महँगो हुने गर्दछ।

जानकारी तथा लेखहरु