फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा पूर्वाधार सम्मेलन सुरु

(GMT+08:00) 2017-02-19 14:42:19

दोस्रो पूर्वाधार शिखर सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। सम्मेलनमा सहभागी हुन भारतका रेलमन्त्री सुरेश प्रभाकर प्रभु शनिबार काठमाडौं आउनु भएको छ। नेपालको पूर्वाधार विकासमा नयाँ सोच र प्रविधिको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता र भूमिकाबारे छलफल हुने अनलाइन खबरले लेखेको छ।

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय, नेपाल उद्योग परिसंघ र युवा निर्माण व्यवसायी संघले आयोजना गरेको सम्मेलनमा विभिन्न सरकारी तथा गैरसरकारी निकाय, द्विपक्षीय एवं बहुपक्षीय विकास साझेदारहरूको सहभागिता रहनेछ। सम्मेलनमा नेपाल लगानी बोर्डले सुरु गरेका करिब 50 वटा सम्भाव्य पूर्वाधार परियोजनाको प्रदर्शनीसमेत हुने आयोजकले बताएका छन्।

आइडिया स्टुडियोको सहकार्यमा परिसंघले विभिन्न व्यक्ति तथा संस्थाबाट संकलन गरेका पूर्वाधार विकाससम्बन्धी अवधारणा प्रस्तुत हुनेछन्। सम्मेलन आइतबार र सोमबार चल्नेछ। होटल सोल्टीमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्दै हुनुहुन्छ।

जानकारी तथा लेखहरु