फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अब दुई हजार नेपाली ट्याक्सीको एउटै मोबाइल एप

(GMT+08:00) 2017-02-19 14:52:43
नेपाल मिटर ट्याक्सी व्यवसायी संघले आफ्नै 'अनलाइन ट्याक्सी बुकिङ' सेवा सुरु गर्ने भएको छ। निजी क्षेत्रबाट विभिन्न कम्पनीले ट्याक्सीको अनलाइन बुकिङ थालेपछि ब्यवसायी संघ नयाँ प्रविधिको प्रयोगतर्फ आकषिर्त भएको अनलाइन खबरले लेखेको छ।

संघले तयार पार्ने मोबाइल एप प्रयोगमा आएपछि झण्डै 2 हजार ट्याक्सी यसमा आवद्ध हुनेछन्। ट्याक्सीको प्रयोगलाई प्रविधिक र उपभोक्ता मैत्री बनाउन एप निर्माण सकेर परीक्षण भइरहेको नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष चेतप्रसाद गौतमले जानकारी दिनुभयो। अहिले चाहिएकै समयमा आफ्नो क्षेत्रमा ट्याक्सी नपाउने समस्या हल गर्न यो उपयोगी हुने संघको विश्वास छ। अहिले त झन मिटरमा जानै नमान्ने र बढी भाडा असुल्ने प्रवृत्तिबाट यात्रुहरु दिक्क छन्।

थुप्रै ट्याक्सी आवद्ध रहेको व्यवसायीको संघमार्फत नै यो प्रविधिको प्रयोग सुरु भएपछि आफूलाई ट्याक्सी चाहिएकै बेला अनलाइनमा गएर एपमार्फत बुकिङ गर्न सकिने छ। धेरै ट्याक्सीले एकैपटक एपको प्रयोग सुरु गरेमा यात्रुलाई अनलाइनमा बुकिङ अझ सहज हुनेछ। आफ्नो क्षेत्र वरपरका नै ट्याक्सी सहजै अनलाइनबाट सेवका लागि बोलाउन सकिनेछ भने विकल्पहरु पनि प्रशस्त रहनेछ।

अहिले पनि अनभर लगायत केही निजी कम्पनीले स्वरोजगार ट्याक्सीको प्रयोग गरेर अनलाइन बुकिङको सेवा सेवा दिइरहेका छन्। यस्ता एपमार्फत जोसुकैले ट्याक्सीलाई आफू भएको स्थानमा बोलाउन सक्छन्। यी ट्याक्सीले अरुले जस्तो किच-किच गर्ने छैनन् र मिटरकै आधारमा उठेको रकम लिनेछन्। किनभने बुकिङ गर्दा नै जानेस्थानसम्मको दूरी र भाडा एपमार्फत नै पहिले तपाईंलाई अटोमेटिक जानकारी दिइन्छ।

संघले एपको सुरुवात गरेपछि झण्डै 2 हजार ट्याक्सीले एपमार्फत आएको अनुरोधअनुसार तपाईंलाई सेवा दिनेछन्। यो सेवा दिन चाहाने ट्याक्सीले आफूलाई यात्रु चाहिएका बेला जीपीएस अन गर्नेछन्। एपमार्फत यात्रुले अनुरोध गरेपछि उनीहरु स्मार्टफोनमा देखिने म्यापका आधारमा सेवाका यात्रु भएकै स्थानमा सेवा दिन पुग्छन् र गन्तब्यसम्म पुर्‍याउनेछन्।

यस्ता एप डाउनलोड गरेपछि एकपटक मोबाइल नम्बर, इमेल र पासवर्ड राखेर दर्ता गर्नुपर्छ। त्यसपछि आफूलाई ट्याक्सी चाहिएका बेला आफ्नो स्मार्टफोनबाट एप खोल्नुपर्छ। एप खुल्नासाथ आफू रहेको स्थानसहितको नक्सा देखाउँछ। र, ट्याक्सीमार्फत आफू कुन गन्तव्यमा पुग्ने हो, त्यही नक्साअनुसार क्लिक गर्नुपर्छ। आफू जाने गन्तव्यलाई अक्षरमा टाइप गर्ने सुविधा पनि हुनेछ। यस्तो एपले यात्रु पुग्नुपर्ने गन्तब्यको लागि सबैभन्दा छोटो रुट र लाग्ने भाडा स्वतः जानकारी दिन्छ।

त्यसपछि एपमा यत्रु रहेको क्षेत्र वरपर रहेका ट्याक्सीहरु देखाउँछ। आफूबाट सबैभन्दा कम दूरीमा रहेको ट्याक्सीलाई सेवाका लागि अनुरोध गर्न सकिनेछ। ट्याक्सी चालकले यात्रुको 'रिक्वेष्ट' स्वीकारेपछि सेवा दिन त्यहीँ आइपुग्नेछ। अहिले प्रयोगमा रहेका अनलाइन ट्याक्सीका एपमा नेपाली यात्रुको भन्दा विदेशबाट आएका पर्यटकको बढी चासो देखिएको छ। विदेशमा यस्तो प्रविधि निकै प्रचलनमा छ। धेरै ट्याक्सी कम्पनीहरुले आफ्नै ट्याक्सीलाई यो सिस्टमबाट चलाउँछन्। तर, नेपालमा भने यो प्रविधि बिल्कुलै नयाँ रुपमा विकास हुँदैछ। मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष गौतम नयाँ प्रविधि भएकाले सबै ट्याक्सीले प्रयोग गर्ने ग्यारेन्टी नहुने बताउँछन्। तर, प्रविधिलाई आत्मसात नगर्नेहरु अबपछि पर्ने भएकाले संघले नै आफ्नै एप बनाउन लागेको उनको भनाइ छ।

जानकारी तथा लेखहरु