फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनमुक्ति सेनाको 15 सदस्यीय टोली नेपालमा

(GMT+08:00) 2017-02-20 16:39:14

       नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यासको गृहकार्य चलिरहेका बेला आइतबार चिनियाँ जनमुक्ति सेनाका पश्चिमी कमान्डर डेपुटी चिफ अफ स्टाफ मेजर जनरल चिहाओ चिनसङको नेतृत्वमा 15 सदस्यीय टोली नेपाल आइपुगेको छ।

       ईकान्तिपुर अनलाईनका अनुसार दुई मुलुकको संयुक्त सैन्य तालिम कहिले र कुन संख्यामा गर्ने भन्ने अन्तिम निर्णय हुन बाँकी रहेको अवस्थामा प्रधानसेनापति राजेन्द्र क्षत्रीले मेजर जनरल चिनसङ्गसँग जंगी अड्डामा आइतबार भेटघाट गर्नुभएको छ।

        भेटमा प्रधानसेनापति क्षत्री र चिनसङ्गबीच दुई मुलुकका आपसी हित तथा परस्परिक सम्बन्धका विषयमा कुरा भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार चिनसङ्ग नेतृत्वको टोली फागुन 10 गते भारत जाने कार्यक्रम छ।

       छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ।

जानकारी तथा लेखहरु