फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लक्ष्यअनुरूप नै साढे 6 प्रतिशत आर्थिक वृद्धि हुने अर्थमन्त्रालयको दावी

(GMT+08:00) 2017-02-21 17:55:13

       चालु आर्थिक वर्षमा यस वर्षको बजेटको लक्ष्यअनुरूप नै साढे 6 प्रतिशत आर्थिक वृद्धि हुने दाबी अर्थ मन्त्रालयले गरेको छ । मन्त्रालयमा सोमबार आयोजित बजेटको मध्यावधि समीक्षामा मौसमी अनुकूलता र सेवा क्षेत्रको उत्पादन सन्तोषजनक रहेकाले वृद्धि सम्भव भएको भनिएको छ।

    'मौसमी अनुकूलता, बीउबिजनको उपलब्धता, विद्युत् आपूर्तिमा भएको सुधारलगायतका कारणले लक्ष्यअनुसार वृद्धि हुने देखिएको हो,' मध्यावधि उपलब्धिबारे जानकारी दिँदै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले भन्नुभयो, 'पर्यटन, थोक खुद्रा व्यापार एवं यातायात क्षेत्रमा भएको सुधारले पनि वृद्धि हासिल हुने अनुमान गरिएको हो।'

        अर्थमन्त्री महराको दाबीअनुसार वृद्धि हासिल भए यो हालसम्मकै दोस्रो बढी आर्थिक वृद्धि भएको वर्ष हुनेछ। यसअघि सबैभन्दा बढी 2050/51 मा 7 दशमलव 6 प्रतिशतका दरले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धि भएको थियो। जुन हालसम्मकै उच्च भएको ईकान्तिपुरले लेखेको छ। 'कृषिलगायतका क्षेत्रमा सुधारका संकेत देखिएका छन्,' अर्थ सचिव शान्तराज सुवेदीले भन्नुभयो, 'पुनर्निर्माणको काम पनि राम्रोसँग अगाडि बढ्यो भने सम्भव छ।'

         तर, सरकारी खर्चमा देखिएको सुस्तताले अर्थमन्त्रीले भने जति वृद्धि हासिल हुनेमा शंका छ। मध्यावधि समीक्षामा 84 प्रतिशत पुँजीगत खर्च हुने आंकलन गरिएको छ। गत वर्ष 56 प्रतिशत खर्च भएको थियो। भारतीय नाकाबन्दी खुलेपछि आर्थिक गतिविधिमा सुधार भइरहेकाले पनि 84 प्रतिशत खर्च हुने सम्भावना रहेको विश्लेषण छ।

जानकारी तथा लेखहरु