फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व व्यापार संगठनमा प्रवेशपछि पनि नेपालको आयात उच्च, निर्यात कम

(GMT+08:00) 2017-02-21 17:55:41

       13 वर्षअघि विश्व व्यापार संगठन (डब्लूटीओ) मा प्रवेश गरेपछि नेपालले निर्यातमा फड्को मार्ने अपेक्षा गरिएको थियो, तर अवस्था त्यसको ठीक उल्टो भएको छ। नेपाल डब्लूटीओको सदस्य हुनुअघि र पछिको तथ्यांक हेर्ने हो भने आयात बढ्दो छ भने निर्यात तुलनात्मक रूपमा घट्दो छ।

        सन् 2004 अघि आयात निर्यातको अवस्था 72-28 को अनुपात रहेकोमा अहिले 92-8 को स्थितिमा पुगेको छ। व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका अनुसार सन् 1975 मा मुलुकमा आयात–निर्यातको अवस्था 60-40 को अनुपातमा रहेकोमा 2015/16 मा आएर 92-8 मा पुगेको छ।

         डब्लूटीओको सदस्य हुनुअघि नेपालको निर्यात बढ्दै गए पनि पछिल्लो समय आयातको तुलनामा निर्यात बढ्न नसकेको केन्द्रको तथ्यांक छ। डब्लूटीओका अल्पविकसित सदस्य मुलुकले विभिन्न सुविधा पाउँदै आए पनि नेपालले त्यसको उपयोग गर्न नसक्दा निर्यात बढाउन नसकेको सरोकारवालाको भनाइ छ। गुणस्तरीय उत्पादन नहुनु, स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्नु, व्यावसायिक विकास कम हुनु, स्थानीय उत्पादन क्रमशः घट्दै जानु, अविकसित मुलुकलाई दिएका सुविधा उपभोग गर्न नसक्नुले पछिल्लो समय नेपालको निर्यात घट्दै गएको हो ।

        केन्द्रका अनुसार सन् 2001 मा 55 अर्ब 25 करोडको सामान निर्यात भएकोमा 2004 मा आएर निर्यातमा सामान्य वृद्धि भई 58 अर्ब 44 करोड पुगेको थियो। सोही अवधिमा 1 खर्ब 18 अर्बको आयात भएकोमा स्न 2004 मा बढेर 1 खर्ब 48 अर्ब पुगेको थियो, कारोबार अनलाईनले लेखेको छ।

जानकारी तथा लेखहरु