फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा स्थानीय चुनाव घोषणाको चीनद्वारा स्वागत

(GMT+08:00) 2017-02-22 16:22:06

        नेपाल सरकारले सोमबार स्थानीय चुनावको मिति घोषणा गरेकोमा चीनले स्वागत गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासित नेपालका लागि चिनियाँ राजदूत यु होङले भेट गर्दै चुनाव घोषणा गरिएकोमा खुसी व्यक्त गर्नुभएको हो।

        नेपालखबर अनलाईनका अनुसार भेटमा देउवाले लोकतान्त्रिक संस्कारलाई अघि बढाउन निर्वाचन आवश्यक भएको बताउनुभयो। 'मधेसवादी दलहरुको अपेक्षाअनुरुप संविधान संशोधन प्रस्ताव पारित हुन्छ,' चिनियाँ राजदूत होङसित देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

         सोमबार सरकारले आगामी वैशाख 31 गते स्थानीय निकायको चुनाव गर्ने घोषणा गरेको थियो। संविधान संशोधनको माग वेवास्ता गरी चुनाव गरिएकोमा मधेसी मोर्चा रुष्ट भएको छ। चुनाव घोषणाप्रति असहमति जनाउँदै मोर्चाले आन्दोलन घोषणा गरिसकेको छ भने प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक पनि मोर्चाद्धारा बहिष्कार भएको थियो।

जानकारी तथा लेखहरु