फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धन गर्न पूर्वी नेपालको विराटनगरमा पहिलो पटक फोटो प्रदर्शनी गर्ने

(GMT+08:00) 2017-02-22 16:23:48

        नेपाल पर्यटन बोर्डले विराटनगरमा पहिलो पटक फोटो प्रदर्शनी गर्ने भएको छ। हरेक अंग्रेजी महिनाको पहिलो शुक्रवारदेखि 3 दिनसम्म फोटो प्रदर्शनी गर्दै आएको फोटोनेपालको विशेष प्रदर्शनी विराटनगरमा फागुन 12–17 हुनेभएको पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुधन सुवेदीले जानकारी दिनुभयो।

         विराट महोत्सवको अवसर पारेर यस प्रदर्शनीको आयोजना हुन लागेको हो। सेतोपाटी अनलाईनका अनुसार घुमन्ते समूहसँगको सहकार्यमा हुने यस विशेष प्रदर्शनीमा 100 वटा फोटो समावेश छन्।

          मार्च महिनाको फोटोनेपाल फागुन 20–22मा अनलाइन फोटो प्रतियोगितामा सरिक 50 उत्कृष्ट तस्बिरहरु नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा प्रदर्शनी गरिने उहाँले जानकारी दिनुभयो।

          यसपटकको प्रदर्शनी नेपलिज इन फोटोग्राफीसँगको सहकार्यमा गर्न लागिएको हो । फोटो मार्फत नेपालको पर्यटन प्रबर्द्धन गर्नु यस प्रर्दशनीको उद्देश्य रहेको पर्यटन बोर्डले जनाएको छ।

          घुमफिर भन्दा के सम्झनुहुन्छ भन्ने प्रश्नको उत्तर तस्बिरबाट खोज्न अनलाइन फोटो प्रतियोगिता एक महिनासम्म सञ्चालन गरिएको थियो।

          फोटो प्रदर्शनीसँगै चलचित्र प्रदर्शनी, छलफल लगाएतका कार्यक्रमहरु पनि समावेश गरिएको छ।

जानकारी तथा लेखहरु