फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा लघुवित्त सम्मेलन हुने

(GMT+08:00) 2017-02-23 18:31:16

       आउँदो चैत पहिलो साता चौथो लघुवित्त सम्मेलन हुने भएको छ। 'वित्तीय, सामाजिक र मानवीय मूल्यहरूबीच सन्तुलन' को नारासहित सेन्टर फर माइक्रोफाइनान्स नेपाल (सीएमएफ) को आयोजना र राष्ट्र बैंक तथा सक्षम एक्सेस टु फाइनान्सको सहआयोजनामा चैत 2 देखि 4 सम्म राजधानीमा सम्मेलन हुन लागेको हो।

        लघुवित्तले सामना गरेका प्रमुख समस्या, मुद्दा, चुनौती तथा कठिनाइमा नियामक र सेवा प्रदायकको बीचमा साझा बुझाइको विकास तथा समाधानका उपाय पत्ता लगाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको सीएमएफका प्रमुख कार्यकारी अधिकृत हरिहर आचार्यले बताउनुभयो।

         लघुवित्तमा भएका अनुसन्धानलाई आधार बनाएर सरोकारवालाहरूबीच अन्तरक्रिया गर्ने, मानवीय मूल्यसहित सामाजिक र वित्तीय उद्देश्यहरूमा सन्तुलन मिलाउने, अन्तर्राष्ट्रिय क्षेत्रमा लघुवित्तले लिएको विकासको गति र नेपालको सन्दर्भमा ती विषयहरूको सान्दर्भिकतालगायत विविध विषयमा छलफल हुनेछ। सम्मेलनमा नीति निर्माता, सेवाग्राही, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी निकाय, बैंकर र लघुवित्त बैंक/वित्तीय संस्था तथा वित्तीय मध्यस्थता गर्ने छन् । गैरसरकारी संस्था, वित्तीय सहकारी संस्था, साना किसान, कृषि सहकारी तथा विशेषज्ञहरूसहित करिब 8 सय जना सहभागी हुने आयोजकले बताएको छ ।

        ईकान्तपुर अनलाईनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन तथा अनुभवहरू प्रस्तुत गर्ने र सोबारे व्यापक छलफल गर्नका लागि 8 पूर्ण सत्र र 20 विभाजित सत्रहरू सञ्चालन गरिनेछन्।

जानकारी तथा लेखहरु