फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा छालाजुत्ता प्रदर्शनी, पोखरामा पुष्प व्यापार मेला हुने

(GMT+08:00) 2017-02-23 18:32:11

        उद्योग राज्यमन्त्री कन्चन चन्द्र बादेले स्वदेशमा उत्पादन भएका नेपाली जुत्तालाई अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ गर्नुपर्ने बताउनुभएको छ। उहाँले नेपाली छाला जुत्ता उद्योगलाई पनि अन्तर्राष्ट्रिस्तरसम्म प्रवर्द्धन गर्नका लागि उद्योग मन्त्रालयले गर्नुपर्ने कानुनी तथा कागजी प्रक्रिया छिटो ढंगले टुंग्याउने समेत बताउनुभयो।

         नेपाल छाला जुत्ता उत्पादक संघको छैठौं बृहत राष्ट्रिय छला जुत्ता तथा वस्तु प्रदर्शनी मेलाको बुधबार उद्घाटन गर्दै उद्योग राज्यमन्त्री बादेले नेपालको जुत्ता उच्च गुणस्तरको हुनु पर्नेमा समेत जोड दिनुभयो। साना घरेलुदेखि मझौला हुँदै ठूला उद्योग सञ्चालन तथा व्यवसायका लागि ऐन जारी भइसकेको बताउँदै उद्योग राज्यमन्त्री बादेले मन्त्रालयको तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया छिटो ढंगले गर्ने बताउनुभयो।

        'कला र कौशल हाम्रो, नेपाली ब्रान्ड नै राम्रो' भन्ने मुल नाराका साथ बुधबारदेखि नौ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छाला जुत्ता प्रदर्शनी मेलामा उद्योग सचिव शंकर कोइरालाले छाला जुत्ताको क्वान्टिटीभन्दा क्वालिटीमा जोड नदिएसम्म गुणस्तरिय जुत्ता लगाउन नस्कने टिप्पणी गर्नुभयो।

         यसैगरी पोखरा सभागृहमा यही फागुन 12 गतेदेखि 16 गतेसम्म छैठौं पश्चिमाञ्चलस्तरीय क्षेत्रीय पुष्प प्रदर्शनी तथा व्यापार मेला हुने भएको छ। 'पुष्प व्यवसाय प्रवद्र्धनका लागि पुष्प व्यापार मेला' नाराका साथ फ्लोरिकल्चर एसोसिएसन कास्कीको आयोजनामा हुने सो मेलामा 350 भन्दा बढी प्रजातिका फूल प्रदर्शन गरिने संयोजक पङ्कज पौडेलले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु