फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-भारत रणनीतिक वार्ता पैचिङ्गमा

(GMT+08:00) 2017-02-23 18:33:42

        चीनका उप परराष्ट्र मन्त्री चाङ्ग ये स्वी र भारतीय विदेश सचिव एस जयशंकरले 22 तारिख पैचिङ्गमा चीन-भारत रणनीतिक वार्ताको आयोजना गर्नुभएको छ। यी दुबै पक्षले मैत्रीपूर्ण वातावरणमा अन्तर्राष्ट्रिय परिस्थिति, आ-आफ्ना स्वदेशी तथा विदेशी नीति, द्बिपक्षीय सम्बन्ध, र साझा अभिरुचीका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारेमा वैचारिक आदानप्रदान गर्दै व्यापक सहमति हासिल गरेका छन्।

        चीन र भारतसँग समान राष्ट्रिय अवस्था र विकास लक्ष्य रहेको छ। यी दुबै पक्षबीचको सम्बन्धलाई स्वस्थ तथा स्थिर विकास गर्नु नै यी दुबै मुलुक र जनताको आधारभूत हित अनुकूल हुनेछ। यी दुबै पक्षले दुई मुलुकका नेताद्बारा प्राप्त सहमति बमोजिम आपसी द्बिपक्षीय सम्बन्धको विकासलाई प्रवर्द्धन गर्ने विभिन्न क्षेत्रका सहयोगलाई विस्तार गर्ने सवालमा पनि मतैक्यता जनाएका छन्।

जानकारी तथा लेखहरु