फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स समन्वयकर्ताको पहिलो बैठक नानचिङमा

(GMT+08:00) 2017-02-23 18:34:34

       सन् 2017 ब्रिक्स मुलुकको समन्वयकर्ताको पहिलो बैठक तेइस तारिख चीनको नानचिङ शहरमा सुरु भएको छ। चीनको राज्य परिषदका सदस्य याङ च्ये छले उद्घाटन समारोहमा उपस्थित भएर भाषण गर्नुभएको छ। ब्रिक्स मुलुकका समन्वयकर्ता, उप-समन्वयकर्ता, चीनका लागि विदेशी राजदूतहरु, नव विकास बैङ्कका प्रतिनिधिलगायत बैठकमा सहभागी छन्।

        उद्घाटन समारोहमा याङ च्ये छले चीनले आगामी सेप्टेम्बर तीनदेखि पाँच तारिखसम्म फु च्येन प्रान्तको स्या मनमा ब्रिक्सको नवौँ शिखर सम्मेलनको आयोजना गर्ने जानकारी गराउँदै चीनका राष्ट्राध्यक्ष सी चिन फिङले त्यसमाथि उच्च ध्यान दिएर ब्रिक्सका शीर्ष नेताबीच सम्मेलन सफलताका लागि अपेक्षा लिएको उल्लेख गर्नुभयो।

        याङले खुला, उदार, आपसी सहयोग र समान-फाइदायुक्त अनुभव बोकेको ब्रिक्सले सहयोगलाई अझ उकासेर विश्वव्यापी प्रभावशाली दक्षिण-दक्षिण सहयोग मञ्च बनेर अझ निष्पक्ष र तर्कसंगत अन्तर्राष्ट्रिय व्यवस्थाको स्थापना गर्नसक्ने विश्वास चीनले लिएको व्यक्त गर्नुभयो। विभिन्न मुलुकको संयुक्त प्रयासमा ब्रिक्स स्या मन शिखर सम्मेलनका पर्याप्त उपलब्धि हासिल गरी ब्रिक्सको अझ उज्यालो भविष्य सिर्जना गर्नसक्ने चीनको आशा रहेको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु