फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली उत्पादन भारत निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल

(GMT+08:00) 2017-02-24 18:17:59

        नेपालमा उत्पादित विभिन्न वस्तुको भारत निर्यातमा एकपछि अर्को समस्या बढ्दै जान थालेपछि सरकारले त्यसलाई समाधान गर्न कूटनीतिक पहल बढाएको छ। यसैक्रममा विश्व व्यापार सम्झौता, दुईपक्षीय व्यापार तथा वाणिज्य सन्धि तथा साफ्टाको प्रावधानविपरीत नेपालमा उत्पादित वस्तुले भारतमा बजार नपाएको तथा निर्यातमा विभिन्न समस्या भोगेको विषयमा नेपालले भारतलाई जानकारी गराएको छ।

        नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतका मन्त्रीहरू, प्रधानमन्त्री कार्यालय तथा विभिन्न मन्त्रालयका सचिवहरूसँग यसबारे केही समययता निरन्तर कुराकानी गर्नुका साथै दूतावासका अन्य अधिकारीले समेत आफ्नो तहबाट पहल थालेका छन्। राजदूत उपाध्यायले गत मंगलबार भारतीय प्रधानमन्त्री कार्यालयका प्रमुख सचिवसँग भेटेर नेपालले निर्यातमा भोगेका समस्याहरूबारे ध्यानाकर्षण गराउनुभयो। नेपालले भोगेका समस्या समाधान गर्न आफूहरू गम्भीर रहेको र सकेसम्म त्यसलाई समाधन गर्ने आश्वासन पाएको उहाँले बताउनुभयो।

         उपाध्यायले भारतीय अर्थमन्त्री अरुण जेट्लीसँग पटक–पटक कुराकानी गरी समस्या समाधान गर्न आग्रह गरेको र टेक्सटाइलमन्त्री स्मृति इरानीसँग पनि निर्यातमा देखापरेका समस्याहरूबारे केही दिनअघि कुराकानी भएको ईकान्तिपुर अनलाईनले लेखेको छ। भारतले नेपालले उत्पादन गरेको वस्तुलाई भारतमा बजार दिनका लागि कुनै समस्या नभएको तर नेपाल हुँदै तेस्रो मुलुकका गुणस्तरहीन सामानहरू भित्रिन थालेको बताउने गरेको छ। चीनबाट आएका सामान भारत भित्रिन थालेकोमा भारत चिन्तित हुने गरेको छ।

जानकारी तथा लेखहरु