फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वाञ्चलमा जारी प्रदर्शनीमा कृषि प्रविधितर्फ व्यवसायी तथा कृषकको आकर्षण

(GMT+08:00) 2017-02-24 18:18:30

         पूर्वी नेपालको विराटनगरमा जारी विराट एक्स्पो–2073 मा प्रदर्शनीका लागि राखिएका कृषि प्रविधिमा व्यवसायी तथा कृषकको आकर्षण देखिएको छ। मेला अवलोकन गर्न आउनेहरूले कृषिका नयाँ प्रविधिबारे बढी चासो दिने गरेका छन्।

        मेलामा निर्मल ट्रेडिङ कन्सर्न विराटनगर, एग्रिकल्चर वल्र्ड सिल्लीगुडी, भारत, कृषि संसार नेपाल बिर्तामोड, कुबेर एन्ड सन्स इटहरी, एसके इन्टरप्राइजेज विराटनगर र एभरेस्ट सर्जिकल पोखराले कृषि औजारको स्टल राखेका छन्। उक्त स्टलहरूमा राखिएका आधुनिक धान काट्ने मेसिन र रोप्ने, सोलार वाटर पम्प, धान कुट्ने र मकै, गहुँ पिँध्ने कम्बाइन्ड मिल, गाई दुहुने मेसिन, रूख काट्ने मेसिनलगायतका उपकरण तथा औजारमा अधिकांशको चासो बढी देखिएको छ।

          एग्रिकल्चर वल्र्ड सिल्लीगुडी भारतका प्रोपाइटर निरज सिनलले यहाँका कृषकलाई नयाँ प्रविधिको ज्ञान होस् भन्ने उद्देश्यले आएको बताउनुभयो। कृषि संसारका प्रोपाइटर प्रकाशचन्द्र खतिवडाले मेलामा आफूले कम्बाइन्ड मिल 10, सिफेन ब्रान्डको पावर टिलर, 2 थान स्वचालित धान काट्ने मेसिन रोटाभेटरलगायतका उपकरणहरू व्यवसायीले खरिद गरेको बताउनुभयो।

         निर्मल ट्रेडिङ कन्सर्नका प्रोपाइटर पुस्कल गिरीले मेलामा कृषि औजार तथा उपकरणबारे जानकारी लिने बढेको बताउनुभयो। मेलामा सबभन्दा बढी धान काट्ने र रोप्ने मेसिनबारे जानकारी लिन आएको उहाँले सुनाउनुभयो।

         प्रदर्शनीमा कृषि प्रविधिका अलवा चौरी गाई, 120 किलोको बोकोसमेत राखिएका छन्।

जानकारी तथा लेखहरु