फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-भारत रणनीतिक वार्तामा सहमति हासिल भएको परराष्ट्र प्रवक्ताको भनाइ

(GMT+08:00) 2017-02-24 18:19:22

        चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले हिजो 23 तारिख नियमित पत्रकार सम्मेलनमा मैत्रीपूर्ण वातावरणमा आयोजित चीन-भारत रणनीतिक वार्ताले पूर्वानुमानको लक्ष्यलाई साकार तुल्याउनुका साथै व्यापक सहमति हासिल गरेको विचार व्यक्त गर्नुभएको छ।

         उहाँका अनुसार चीनका उपपरराष्ट्र मन्त्री चाङ्ग ये स्वी र भारतीय विदेश सचिव एस जयशंकरले 22 तारिख पैचिङ्गमा चीन-भारत रणनीतिक वार्तामा अन्तर्राष्ट्रिय परिस्थिति, आ-आफ्ना स्वदेशी तथा विदेशी नीति, द्बिपक्षीय सम्बन्ध, र साझा अभिरुचीका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारेमा वैचारिक आदानप्रदान गर्नुभयो। यी दुबै पक्षद्बारा हासिल भएको सहमतिअनुसार चीन र भारतका नेताहरुद्बारा प्राप्त सहमति बमोजिम आपसी द्बिपक्षीय सम्बन्धको राम्रो विकास प्रवृत्तिलाई कायम राख्दै विभिन्न क्षेत्रबीचको सहयोगलाई प्रभावकारी रुपमा प्रवर्द्धन गर्दै जानुपर्छ।

जानकारी तथा लेखहरु