फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"एक पेटी एक मार्ग"सारा विश्वव्यापीकरणको निर्देशक शक्ति बन्ने:विश्व व्यापार संगठनका पूर्व महाप्रबन्धक

(GMT+08:00) 2017-02-24 18:19:47

       विश्व व्यापार संगठनका पूर्व महाप्रबन्धक पास्कल लेमीले हिजो 23 तारिख जाकार्तामा वर्तमान विश्वका सामु विभिन्न समस्या तथा चुनौती देखापरेको अवस्थामा चीनद्बारा प्रस्तुत "एक पेटी एक मार्ग" अवधारणाले भावी विश्वव्यापीकरणको निर्देशक शक्ति बन्ने विश्वास व्यक्त गर्नुभएको छ।

        पूर्व महाप्रबन्धक लेमीले हिजो जाकार्तामा आयोजित "गैर-भूमण्डलीकरण होस वा पुनः भूमण्डलीकरण"विषयक सार्वजनिक गोष्ठीमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार "एक पेटी एक मार्ग"को अवधारणा बौद्धिक विचारबाट उत्पन्न भएको हो। चीनले यस अवधारणामार्फत् सम्बन्धित तटवर्ती मुलुकको पूर्वाधार प्रबन्धमा लगानी बढाउनु नै धेरैजसो मुलुकको आवश्यक चाहना हो। पूर्वाधार प्रबन्धको विकासले सारा विश्वको व्यापारलाई प्रवर्द्धन गर्नेमा सहयोगी भएको छ। "एक पेटी एक मार्ग"को अवधारणाले सम्बन्धित तटवर्ती मुलुकलाई लाभ पुर्‍याएको मात्र नभई चीनको अन्तर्राष्ट्रिय समाजबाट प्रशंसा पनि भएको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु