फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अवैध आप्रवासीलाई ठूलो मात्रामा स्वदेश नफर्काइने अमेरिकी अधिकारीको भनाइ

(GMT+08:00) 2017-02-24 18:21:14
       मेक्सिकोको भ्रमणमा रहनुभएका अमेरिकी मातृभूमि सुरक्षा विभागका प्रमुख जोहन केलिले अमरिकाले ठूलो मात्रामा अवैध आप्रावसीलाई स्वदेश फर्काउन नदिने र त्यसको लागि सैन्य शक्ति प्रयोग नगर्ने बताउनुभएको छ।

        मेक्सिकोका राष्ट्रपति एनरिक पेना निएतो, विदेशमन्त्री लुइस भिदेगाराले तेइस तारिख मेक्सिकोको भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र मातृभूमि सुरक्षा विभाग प्रमुख जोहन केलिसँग भेटवार्ता गर्नुभएको थियो। सो अवसरमा दुवै पक्षले अध्यागमन नीति, राष्ट्रिय सुरक्षा आदि विषयबारे छलफल गरेका छन्।

          जनमत अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै आप्रवासीलाई स्वदेश फर्काउने नीति लिएपछि बढेको मेक्सिकोको चिन्ता र असन्तोषलाई शान्त पार्नु केली भ्रमणको उद्देश्य रहेको छ।

जानकारी तथा लेखहरु