फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लेबनानमा बसेका प्यालेष्टाइनी शरणर्थी आफ्नो घर फर्क्ने आब्बासको वचन

(GMT+08:00) 2017-02-24 18:21:47

        प्यालेष्टाइनका राष्ट्रपति आब्बास कियारोस्टामिले लेबनानको राजधानी बेरुतमा बोल्दै लेबनानमा बसेका प्यालेष्टाइनी शरणार्थीलाई आफ्नो घर फर्काउन आवश्यक सहयोग गर्ने वचन दिनुभएको छ।

        तेइस तारिख आब्बासले लेबनानका राष्ट्रपति मिसेल औनसँग वार्ता गरी आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँले ती शरणार्थी नै लेबनानमा बसेका पाहुना मात्रै भएकोले उनीहरु पक्कै प्यालेष्टाइन फर्कने र साथै प्यालेष्टाइन सरकारले पनि त्यसका लागि प्रयास गरिरहेको बताउनुभयो।

         आब्बासले प्यालेष्टाइनले राजनीतिक तथा कूटनीतिक उपायमार्फत् संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको निर्णय पत्रको पालना गर्न अरु प्रयास गर्ने व्यक्त गर्नुभयो।

         हाल पाँच लाख प्यालेष्टाइन शरणार्थी लेबनानमा बस्छन् र उनीहरुलाई विभिन्न बाह्र शरणार्थी शिविरमा राखिएको छ।

जानकारी तथा लेखहरु