फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महाशिवरात्रिका अवसरमा 13 लाखभन्दा बढी भक्तजनद्वारा पशुपतिनाथको दर्शन

(GMT+08:00) 2017-02-25 15:14:54

        महाशिवरात्रिका अवसरमा शुक्रबार नेपाल, भारत, इन्डोनेसिया, मलेसियाका हिन्दुधर्मावलम्बीले पशुपतिनाथको दर्शन गरेका छन्। पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्ष शिवरात्रिमा 13 लाखभन्दा बढी भक्तजनले दर्शन गरे। कोषका उपनिर्देशक राजेन्द्रधर राजोपाध्यायका अनुसार 1 सय 55 जना मलेसिया र 75 जना इन्डोनेसियाबाट आएका थिए ।

         बिहान 4 नबज्दै पशुपतिका 3 द्वार खुला गरिए पनि त्यसअघिदेखि नै श्रद्धालु दर्शनका लागि लाम बसेका थिए। यस वर्ष हजार रुपैयाँ तिरेर पाइने विशेष पासको व्यवस्था र मूल आयोजक समिति हटाइएको थियो। घुइँचोका बीच स्वयंसेवकहरूले दर्शनार्थीको तथ्यांक संकलन गरेका थिए। प्रांगणसम्म पुग्ने श्रद्धालु दिउँसोसम्ममा 7 लाख जति रहेको उपनिर्देशक राजोपाध्यायले बताउनुभयो।

         दिनभरि व्रत बसी फूल, धतुरो, बेलपत्र, दूध चढाइ शिवको पूजा गरिन्छ। राति व्रतालुले धुनी बाल्ने र जाग्राम बस्ने गर्छन्। विभिन्न मठ मन्दिर, चोकमा धुनी बाल्ने र खरानीलाई टीकाका रूपमा ग्रहण गर्ने गरिन्छ। शिवरात्रिको धुनीपछि जाडो र कुहिरो समाप्त हुने र गर्मी सुरु हुने विश्वास गरिन्छ।

         शिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले साढे 5 बजे पशुपतिनाथको दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको थियो। शिवरात्रिमा नेपाल आएका जोगीहरूलाई धुनी बाल्न 38 हजार किलो दाउरा उपलब्ध गराइएको छ।

जानकारी तथा लेखहरु