फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्नपूर्ण र माछापुच्छ्रे नजीकै खुलेका होमस्टेले पर्यटकलाई सुविधा

(GMT+08:00) 2017-02-25 15:15:19
        आरोहणको इतिहासमा पहिलो हिमाल अन्नपूर्ण एवम् कुमारी हिमाल माछापुच्छ्रेलाई खाली आँखाले नजिकै दृष्यावलोकन र गाउँलेको आत्मीय मायाको प्रचुर अनुभूति गराउने कास्कीको कास्कीकोटमा सञ्चालित भुजेल गाउँ होमस्टे(घरबास) यतिखेर पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा विकास भएको छ।

         प्राकृतिक सौंदर्य, स्वच्छ र रमणीय वातावरणमा स्वदेशी तथा विदेशी पाहुनालाई स्थानीय उत्पादनसहितको सामूहिक भोजन र घरघरमा आवासको व्यवस्था गरेर गत पुसदेखि सिङ्गो गाउँलाई समेटेर होमस्टे सुरु गरिएको गोरखापत्र अनलाईनले लेखेको छ। कास्कीकोट युवा सञ्जाल र ओम शान्ति महिला समूहको सक्रियतामा गाउँका 27 घरलाई समेटेर सञ्चालन गरिएको सो होमस्टेमा दैनिक 70 जनालाई सामूहिक खाना र घरघरमा आवासको व्यवस्था रहेको कास्कीकोट भुजेल गाउँ सामुदायिक होमस्टे व्यवस्थापन समितिका उपाध्यक्ष लालबहादुर भुजेलले बताउनुभयो।

         उहाँका अनुसार ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको सो क्षेत्रमा अवस्थित भुजेल गाउँ होमस्टे सञ्चालन भएको एक महिनाको अवधिमा लगभग 150 जना स्वदेशी तथा विदेशी पाहुना पुगेका छन्। आगन्तुक पाहुनाको लागि एक दिनको प्रतिव्यक्ति रु 700 लिने गरिएको छ ।

         समुद्री सतहबाट लगभग एक हजार 700 मिटरको उचाइमा अवस्थित सो गाउँको आसपासका जङ्गलमा पाइने पखनवेद, फुलेको सुप, कमरु जस्ता आयुर्वेदिक महत्वका जडीबुटीको समेत पाहुनालाई पहिचान र स्वाद चखाउने योजना रहेको जानकारी दिँदै भुजेलले आफूहरुलाई होमस्टे सञ्चालनसम्बन्धी ज्ञानको भने अभाव खड्किएको बताउनुभयो।

जानकारी तथा लेखहरु