फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आज नेपालमा पाँचौ स्वास्थ्य दिवस मनाइँदै

(GMT+08:00) 2017-02-26 13:52:11

स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रमसाथ आइतबार पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउँदैछ। 'स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि' भन्ने नाराका साथ पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो।

स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले केन्द्र, क्षेत्र, अञ्चल, जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरेर स्वास्थ्य सेवा दिवस मनाउन लागिएको जानकारी दिनुभयो । सचिव उप्रेतीले दिवस मनाउन केन्द्र र जिल्लास्तरमा छुट्टाछुट्टै समिति बनाइएको जानकारी दिँदै केन्द्रमा मुख्य सचिवको संयोजकत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको बताउनुभयो ।

मुख्य सचिवको संयोजकत्वमा गठित केन्द्रीय स्तरको मूल समारोह समितिले उक्त दिन स्वास्थ्य मन्त्रालयमा कार्यक्रम गर्ने कार्यतालिका बनाएको गोरखापत्र अनलाईनले जनाएको छ।

सचिव डा. उप्रेतीले दिवसले स्वास्थ्यकर्मीलाई काममा थप जिम्मेवार बनाउने भन्दै उनीहरू जनताप्रतिको स्वास्थ्य सेवामा प्रतिबद्ध भएर लाग्ने बताउनुभयो। उहाँले स्वास्थ्यकर्मी र जनताबीचको सम्बन्धलाई सुदृढ बनाउने, स्वास्थ्य क्याम्पहरू गर्ने, सरसफाइलगायत विभिन्न कार्यक्रम सञ्चालन हुने बताउनुभयो।

जानकारी तथा लेखहरु