फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वाञ्चलका आठ जिल्लामा कृषि आधुनिकीकरण परियोजना

(GMT+08:00) 2017-02-26 13:52:31

कृषिमा आत्मनिर्भर र व्यावसायिक खेतीका लागि चालु वर्ष पूर्वाञ्चलका 16 मध्ये 8 जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गत 'एक जिल्ला एक उत्पादन' लाई प्राथामिकता दिइएको छ। त्यसका लागि सरकारले 31 करोड रुपैयाँ लगानी गरेको छ ।

धानको आधुनिक खेतीका लागि झापामा एक हजार हेक्टरमा सुपरजोन कार्यक्रम सञ्चालन गरिएको छ। क्षेत्रीय कृषि निर्देशनालयका निमित्त निर्देशक राजेन्द्र उप्रेतीले यो कार्यक्रमबाट खेतीमा संलग्न किसानलाई बीउ, बेर्ना, औजार, पूर्वाधार विकास र प्रविधिमा सहयोग पाउने बताउनुभयो। मोरङलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउने तयारी गरिएको ईकान्तिपुर अनलाईनले जनाएको छ।

पाँचथरलाई अलैंची उत्पादनमा आत्मनिर्भर बनाउन सरकारले चालु वर्ष 3 करोड 13 लाख 27 हजार रुपैयाँ लगानी गरेको छ।त्यसैगरी खोटाङलाई मकैमा आत्मनिर्भर बनाउन सरकारले 88 लाख 99 हजार रुपैयाँको लागतमा थप 5 सय हेक्टर क्षेत्रफलमा आधुनिक मकै खेती जोन सञ्चालन गरेको छ।

क्षेत्रीय कृर्षि निर्देशनालयका अनुसार उदयपुर र सोलुखुम्बुमा सुन्तला जोन कार्यक्रम सञ्चालन गरिएको छ। सुनसरीमा अदुवा र बेसार जोन तथा धनकुटामा तरकारी जोन सञ्चालन गरिएको निमित्त निर्देशक उप्रेतीले जनाउनुभयो।

जानकारी तथा लेखहरु