फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाले 10 हजार नेपाली कामदार लैजाने

(GMT+08:00) 2017-02-27 14:31:24

कोरिया सरकारले रोजगार अनुमती प्रणाली (इसीएस) अन्तर्गत सन 2018 का लागि लगभग 10 हजार नेपाली कामदार लैजाने भएको छ। यो कोटा वि.सं. 2074 को जेठ महिनामा संचालन हुने परीक्षामा सामेल भई पास हुने नेपाली कामदारका लागि छुट्याएको अनुमानित पास संख्या रहेको कारोबार अनलाइनले लेखेको छ।

वैदेशिक रोजगार विभाग इपीएस शाखाले चैतमा परीक्षा आवेदन र जेठमा परीक्षा संचालनका लागि कोरियाको मानव संशाधन बोर्डलाई गरेको प्रस्ताव स्वीकृत गरेको छ। इपीएस शाखा कोरियाले पठाएको परीक्षा आवेदन र परीक्षा मिति कोरियन पक्षले स्वीकार गरेको छ।

सन 2017 को परीक्षाको आवेदन चैत 9 देखी 18 गतेसम्म 10 दिन हुने छ। यसरी नै परीक्षा भने जेठ 27 र 28 मा हुने छ। यस बर्षको परीक्षा अनलाईन प्रणालीबाट लिने ईपीएस शाखाका अधिकृत शोभाकर भण्डारीले बताउनुभयो। "हाम्रो अनुरोधमा कोरियाले यो बर्षका लागि उत्पादनमुलक क्षेत्रमा 3 हजार 8 सय र कृर्षि क्षेत्रका लागि 6 हजार नेपालीलाई पास गराउने योजना बनाएको छ।" उहाँले भन्नुभयो " बीचमा कुनै समस्या नआए सन 2017 मा परीक्षा दिएका मध्ये उत्कृष्ट 10 हजार नेपाली रोजगारीका लागि कोरिया जान पाउने छन।

जानकारी तथा लेखहरु