फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सैनिक अस्पतालमा अब गैर सैनिकको पनि उपचार

(GMT+08:00) 2017-02-27 14:40:38

नेपाली सेनाले गैर सैनिकलाई पनि सैनिक अस्पतालमा ओपिडी सेवा दिन थालेको छ। 'महाशिवरात्री तथा सेना दिवस 2073' र 'स्वास्थ्य सेवा दिवस 2073' को अवसरमा नेपाल सरकार, श्री स्वास्थ्य मन्त्रालय तथा नेपाली सेना मेडिकल कोरको आवश्यक समन्वयमा फागुन 15 देखि सार्वजनिक विदाको दिन बाहेक दैनिक ओपिडी सेवा दिने भएको सेतोपाटी अनलाइनले लेखेको छ। दिउँसो साढे तीन बजेदेखि 5 बजेसम्म छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा गैरसैनिक व्यक्तिहरुलाई ओ.पि.डि.सेवा सञ्चालन गर्ने व्वस्था मिलाइएको नेपाली सेनाले जनाएको छ। स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी निकट भविश्यमा रौतहटको गौरमा नेपाली सेनाको मोवाईल अस्पताल प्रयोग गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना समेत रहेको नेपाली सेनाले स्पष्ट पारेको छ। गैर सैनिक व्यक्तिहरुलाई स्वास्थ्य सेवामा थप मद्दत पुग्न जानुको साथै स्वास्थ्य क्षेत्रमा नयाँ आयाम खडा हुन गई नागरिक सैनिक सम्बन्ध थप सुदृढ हुने विश्वास नेपाली सेनाले लिएको छ।

जानकारी तथा लेखहरु