फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लक्ष्य प्राप्तिका लागि बुद्धधर्मको मार्ग यात्रा नेपालमा पूरा

(GMT+08:00) 2017-02-27 17:44:51

चीनबाट सुरु भएको बुद्ध शाक्यमुनीको जन्मथलो लुम्बिनीसम्म लक्ष्य प्राप्तिका लागि बुद्धधर्मको मार्ग पवित्र यात्रा नेपालमा पूरा भएको छ। एक वर्षको समयमा पचास हजार किलोमिटर लामो पवित्र यात्रा गरिएको सो कार्यक्रम छब्बीस तारिख नेपालको राजधानी काठमाडौंमा सम्पन्न भएको हो।

सन् 2015 को अक्टोबरदेखि शुरु भएको सो पवित्र यात्रा चीनको मुख्य भूमि, हङ्गकङ्ग, मकाउ, थाइवान लगायत बौद्ध धर्म सम्बन्धी तीन सयवटा पवित्र स्थलहुँदै लुम्बिनीसम्म गरिएको हो।

चिनियाँ बौद्ध धर्मावलम्बी यात्रुहरुले नेपालको लुम्बिनी विकास समिति, नेपाल बौद्ध धर्म संघसँगै बीस दिनसम्मको श्रृंखलाबद्ध कार्यक्रम आयोजित गरेका छन। ती कार्यक्रममा भाग लिएका भिक्षुहरु तथा विभिन्न मुलुकका पर्यटकहरुको कूल संख्या दश हजार पुगेको जनाइएको छ।

सो पवित्र यात्रा थाल्ने व्यक्ति ली चिनले चालू वर्ष एक पेटी एक मार्ग समेट्ने गरी अझ बढी मुलुकमा गएर सांस्कृतिक आदानप्रदान गर्ने आशा पनि व्यक्त गर्नु भएको छ।

जानकारी तथा लेखहरु