फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"थाड" को नतिजा अमेरिका र दक्षिण कोरियाले वहन गर्नुपर्ने चीनको भनाइ

(GMT+08:00) 2017-02-27 18:47:22

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज फेब्रुअरी 27 तारिख दक्षिण कोरियामा स्थापित क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली "थाड" को विरोध गर्ने धारणा सुदृढ भएको बताउँदै चीनले आफ्नो सुरक्षा तथा हितको संरक्षण गर्नका लागि आवश्यक कदम चाल्ने बताउनुभयो। उहाँले यसको नतिजा अमेरिका र दक्षिण कोरियाले वहन गर्नुपर्ने कुरामा पनि जोड दिनु भएको छ।

प्रवक्ता कङले आजै बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

प्राप्त समाचार जनाइएअनुसार, लोट्टे समूहले बोर्ड बैठकको आयोजना गरी "थाड" प्रतिस्थापनका लागि दक्षिण कोरियाली सेनासितको सम्झौता पत्र अनुमोदन गरेको छ। त्यसपछि दक्षिण कोरियाली सेनाले कार्य प्रक्रियालाई गति प्रदान गर्ने र तीन चार महिनाभित्र बन्दोबस्त मिलाउन पूरा गर्नेछ। प्रवक्ता कङले अमेरिका र दक्षिण कोरियाले दक्षिण कोरियामा "थाड" प्रणाली स्थापना गरेर क्षेत्रीय रणनीतिको सन्तुलनलाई गम्भीर असर पारेको बताउँदै चीनलगायतका सम्बन्धित मुलुकहरूको राष्ट्रिय रणनीति, सुरक्षा र हितमा क्षति पुर्‍याएको बताउनुभयो।

जानकारी तथा लेखहरु