फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदूत र नेपालका प्रधानमन्त्रीबीच भेटवार्ता

(GMT+08:00) 2017-02-28 15:05:57

नेपालका लागि चिनिया राजदूत यु होङले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गर्नु भएको छ। आज फेब्रुअरी 28 तारिख मंगलबार काठमाडौँमा भएको भेटमा दुईपक्षीय वार्ता भएको अनलाइन खबरले लेखेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा स्थानीय तहको निर्वाचन र नेपालको पूर्वाधार विकासबारे छलफल भएको छ। प्रधानमन्त्री प्रचण्डले सरकार स्थानीय चुनाव गरेर संविधान कार्यान्वयन गर्ने प्रक्रियामा रहेको भन्दै चीनको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ। जवाफमा चिनियाँ राजदूत यु होङले संविधान कार्यान्वयन सकारात्मक दिशामा अघि बढेको भन्दै त्यसमा चीनको सद्भाव रहने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले नेपालको पूर्वाधार विकासका साथै यसअघिका सम्झौता कार्यान्वयन प्रभावकारी रुपमा अघि बढाएको बताउनुभयो। साथै उहाँले वान बेल्ट, वान रोड अन्तरगत विकास कार्यक्रम अघि बढ्ने विश्वास समेत व्यक्त गर्नु भएको छ।

जानकारी तथा लेखहरु